+
+

शंकर पोखरेललाई मेटमणिको चुनौती : मसंग चुनाव लड्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १८:४९

१७ मंसिर, बुटवल । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई आफूसँग चुनाव लडेर देखाउन चुनौती दिएका छन् ।

शुक्रबार पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले दाङका जुनसुकै निर्वाचन क्षेत्रमा आफूसंग निर्वाचनमा प्रतिस्पर्धा गर्न पोखरेललाई चुनौती दिएका हुन् ।

माओवादी केन्द्रसंग एकता हुँदा पनि आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रवाट चुनाव हार्ने पक्का भएकोले पोखरेलले २०७४ सालमा अर्को निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेको चौधरीले आरोप लगाए ।

समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीलाई पोखरेलले काखी च्यापेको आरोप लगाउंदै चौधरीले पोखरेललाई जनताले आगामी निर्वाचनमा हराइदिने बताए ।

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका चौधरीले तीन महिनामा तीन लाख जना आफ्नो पार्टीमा प्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?