+
+

लिगको पहिलो ह्याट्रिक मार्टिन्सको नाममा, सातदोबाटो शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १९:१०

१७ मंसिर, काठमाडौं । नाइजेरियन खेलाडी अजयी मार्टिन्सले शहीद स्मारक ए डिभिजन लिगमा यस सिजनको पहिलो ह्याट्रिक गरेपछि नवप्रवेशी सातदोबाटो युथ क्लबले शुक्रबार एपीएफ फुटबल क्लबलाई ४-१ ले पराजित गरेको छ ।

पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटो शुक्रबारको शानदार जितपछि ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा फ्रेण्ड्ससंग बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री स्टारलाई पराजित गरेको थियो ।

उता लगातार तीन खेलमा पराजित भएको एपीएफ अंकविहीन हुँदै पुछारमा छ । सातदोबाटोको जितमा मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले एक गोल गरे । एपीएफका लागि बिकी तामाङले एक गोल फर्काए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वर्षाकै बीच भएको खेलको पहिलो हाफमा मार्टिनले दुई गोल गरेका थिए । उनले ४२ औं मिनेट र इन्जुरी टाइममा गोल गरेका थिए ।

पहिलो हाफमा दुई गोलले पछि परेको एपीएफले दोस्रो हाफको सुरुआतमै गोल फर्कायो । ४७ औं मिनेटमा एपीएफका आशिष लामाको पासमा बिकीले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।

तर ५० औं मिनेटमा निरज चौधरीको पासमा सुशीलले गोल गर्दै सातदोबाटोलाई ३-१ को अग्रता दिलाए । ५८ औं मिनेटमा मार्टिनले गोल गर्दै ह्याट्रिक पूरा गर्दा सातदोबाटोले ४-१ को अग्रता बनायो र त्यही अग्रता कायम राख्दै विजयी भयो ।

जारी लिगमा एकै खेलमा ५ गोल भएको यो दोस्रो खेल हो । यसअघि पहिलो चरणमा ब्रिगेड ब्वाइज र एपीएफबीचकै खेलमा ५ गोल हादा एपीएफ ३-२ ले पराजित भएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?