+
+

बागलुङमा एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण पुष्टि

बागलुङमा एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते २१:२०

१७ मंसिर, पोखरा । बागलुङमा एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, बागलुङले बिहीबार र शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा एकै पटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्ता देवप्रकाश घिमिरेले जानकारी दिए । ‘केही लक्षण देखिएपछि हाम्रो टोलीले परीक्षण थालेको थियो । पछि एकै पटक धेरैमा संक्रमण नै पुष्टि भयो,’ उनले भने ।

घिमिरेका अनुसार सय जनामा गरिएको एन्टिजेन परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको हो । उनले उक्त ठाउँमा अन्य स्थानीयलाई पनि संक्रमण लक्षण देखिएकाले पीसीआर संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए । ‘नयाँ भेरियन्ट हो कि पुरानै हो भन्ने अहिले भन्न सकिने अवस्था छैन । केही नमुनाको रिपोर्ट आएपछि थाहा हुन्छ,’ उनले भने ।

कोभिड पुष्टि हुनेमा अधिकांश १७ वर्ष मुनी उमेर समूहका रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । घिमिरेले विद्यालयका विद्यार्थी, शिक्षक र केही समुदायमासमेत कोरोना संक्रमण देखिएकाले हाल वडाले विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले विद्यालयले विद्यालय केही समयका लागि बन्द गर्न जिल्ला कोभिड नियन्त्रण समितिलाई नै पत्राचार गरिसकेकोसमेत उनले जनाए । ‘बिहीबार ढिलोमात्रै रिपोर्ट आयो । भोलि शनिबार भइहाल्यो,’ घिमिरेले भने, ‘वडाले कम्तीमा एकहप्ताका लागि बन्द गर्न सिफारिस गरेको छ । कति दिन बन्द गर्ने भन्ने आइतबारमात्रै निर्णय हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?