+
+

सफ्टवेरिकाका विद्यार्थीले सार्वजनिक गरे फोर ह्विलर मोबिलिटी व्हील चेयर

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १४:१२

काठमाडौं ।  अपाङ्गता दिवसको अवसरमा सफ्टवेरिका कलेजका विद्यार्थीहरुले असक्त व्यक्तिहरूको यात्रालाई ध्यानमा राख्दै फोर ह्विलर मोबिलिटी व्हील चेयर बनाएर सार्वजनिक गरेका छन् ।

विद्युतबाट चल्ने व्हील चेयर एउटा गाडीमा हुने जस्तै सम्पूर्ण सुविधा रहेका छन् । विद्युतीय माध्यमबाट चल्ने यो गाडी फुल चार्जमा ३५ देखि ४० किलोमिटरसम्म गुड्नसक्छ । त्यस्तै ४८ भोल्ट ब्याट्री भएको यो गाडी १७ किलोमिटर प्रति घण्टाको हिसाबले गुड्छ । व्हील चेयर कच्चीबाटोमा समेत चलाउन सकिने बताइएको छ ।

व्हील चेयर  राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयमा निर्माण गरिएको र यसको भविष्यमा बजारिकरण आविष्कार केन्द्रले गर्ने  कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । व्हील चेयरको पेटेन्ट राइट राष्ट्रिय आविष्कार केन्द्र र कलेजको संयुक्त रहने बताइएको छ ।

प्रयोगकर्ताले यो गाडी सहजै चलाउन सक्ने गरी यसको डिजाइन गरिएको छ । यस्तै यो गाडीलाई इन्टरनेटको सहायतामा मोबाइल एप्लिकेसनबाट पनि चलाउन सकिन्छ ।

सफ्टवेरिका कलेजका विद्यार्थी निराजन गौतम, गणेश अर्याल, आयुष काजी डङ्गोल, बिपस छन्त्याल, अल्बर्ट महर्जन, राज श्रेष्ठ र अनिस श्रेष्ठको समूह व्हीलचेयर बनाएको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थी निराजन गौतमका अनुसार प्रयोगकर्ताले मोबाइल एपको प्रयोग गरेर गाडी चलाउने लगायत लोकेसन पत्ता लगाउने जस्ता फङ्सनमा काम गर्न सक्छन् । त्यस्तै यदि प्रयोगकर्ता कतै हराए वा उनको गाडी कतै गएर रोकियो भने सो एपले इमर्जेन्सीमा भउको नम्बरमा स्वत: प्रयोगकर्ताको लोकेसन पठाउँछ ।

इन्टरनेट नभएको अवस्थामा भने गाडीमा नै भएको इमर्जेन्सी बटनमा क्लिक गरेपछि प्रयोगकर्ताको लोकेसन म्यासेज स्वत: इमर्जेन्सी कन्ट्याक्टमा राखिएको नम्बरमा जान्छ र सो म्यासेजमा क्लिक गर्ने बित्तिकै प्रयोगकर्ताको लोकेसन सो मोबाइलमा खुल्नेछ ।

असक्त व्यक्तिहरूको यात्रालाई ध्यानमा राख्दै उनीहरू स्वतन्त्र रुपले हिँडडुल गर्न पाउन भन्ने उद्देश्य सहित यो गाडीको निर्माण गरिएको गौतमले बताए । यस गाडीले असक्त व्यक्तिहरूलाई हिँडडुल गर्न सहजता सँगै उनीहरूको यात्राको सुरक्षा पनि प्रत्याभुत गराएको उनको भनाइ रहेको छ ।

बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आईटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलजे अफ आइई एन्ड इकमर्सले बीआईटी अध्ययन गर्ने विद्यार्थीका लागि गत वर्ष इनोभेसन हब तयार गरेको थियो । विद्यार्थीले सोही इनोभेसन हवमा फोर ह्विलर मोबिलिटी व्हीलचेयर बनाएका हुन् ।

‘नेपाल आईओटी च्यालेन्ज’ शुरु, प्रवेश नि:शुल्क

१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै सफ्टवेरिका कलेजले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा तीन दिने ‘नेपाल आईओटी च्यालेन्ज’ प्रदर्शनी आयोजना गरेको छ ।

मंसिर १६, १७ र १८ गते आयोजना गरिएको प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका ड्रोन, स्मार्ट होम, विद्युतिय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट राखिएका थिए । नि:शुल्क प्रवेश रहेको प्रदर्शनी

कलेज प्रमुख प्रमोद पौडेलका अनुसार सफ्ट्वेरिका कलेजको प्राङ्गण डिल्लीबजारमा आयोजना गरिएको प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यस्था मिलाइएको थियो ।

विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन सक्ने यो प्रतियोगितामा पाँच जना सदस्यको समूह बनाएर सहभागी भएका थिए । दर्ता भएका समूहहरुलाई कलेजले गरेको १० दिने निःशुल्क बुटक्याम्पमा आईओटी प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षण सकिएपछि विद्यार्थी समूहले बनाएको आईओटी प्रोजेक्टको प्रदर्शनी आयोजना गरिएको हो । यसरी प्रदर्शनीमा राखिएका प्रोजेक्टहरू मध्ये अवलोकनकर्ताको भोटको आधारमा तीन उत्कृष्टलाई नगद पुरस्कार दिइने पौडेलले बताए ।

पहिलो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश: ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?