 
																			२० मंसिर, काठमाडौं । विदेश जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई मुम्बई विमानस्थलमा रोकिएको छ । उनी अभिनेता सलमान खानको ‘द–बैंग टुर’का लागि रियाद उड्ने तयारीमा थिइन् । तर, उनलाई मुम्बई विमानस्थलको अध्यागमन विभागले विदेश उड्नबाट रोकेको छ ।
ज्याकलिन दुई सय करोड भारतीय रुपैयाँको धोकाधडी मुद्दामा फसेकी छन् । प्रहरीका अनुसार उनी यो मुद्दाको बलियो प्रमाण भएकाले विदेश जान नदिइएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार ज्याकलिन विरुद्ध लुकआउट जारी गरिएको छ । यो विषयमा अर्की अभिनेत्री नोरा फातेहीसँग पनि सोधपुछ गरिसकिएको छ ।
मिडिया रिपोर्टका अनुसार ज्याकलिन यो मुद्दाका मुख्य अभियुक्त सुकेश चन्द्रशेखरको प्रेम सम्बन्धमा छिन् । उनीहरुको एक तस्वीर केही दिन अगाडि मात्र सार्वजनिक भएको थियो । सुकेशले प्रहरीसँगको बयानमा ज्याकलिनलाई ५२ लाखको घोडा र चारवटा बिरालो उपाहार दिएको बताएका थिए । उनका अनुसार एउटा बिरालोको मूल्य ९ लाख भारु पर्छ ।
ज्याकलिनले भने यो विषयमा केही पनि बताएकी छैनन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4