+
+

फार्कका पूर्व कमाण्डर एल पाइसा ‘एम्बुस’मा मारिए

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १३:५७

२० मंसिर, काठमाडौं । कोलम्बियाको विद्रोही समूह फार्कका पूर्वकमाण्डर हर्नान डारियो भेलास्कुएज मारिएका छन् ।

भेनेजुएलामा थापिएको एक ‘एम्बुस’मा परी भेलास्कुएज मारिएको स्थानीय समाचार माध्यमलाई उदृत गर्दै बीबीसीले लेखेको छ । एल पाइसा उपनामले समेत चिनिने उनलाई भेनेजुएलाको अपुरे राज्यमा गोली हानी मारिएको समाचारमा उल्लेख छ ।

तर एल पासाको मृत्यु भएको भनेर आधिकारिक रुपमा पुष्टि हुन भने बाँकी छ । कोलम्बियाको सेनाले समेत पाइसाको मृत्युबारे आफूलाई कुनै जानकारी नभएको बताएको छ । शव नभेट्टिएसम्म उनको मृत्यु पुष्टि गर्न नसकिने अधिकारीको भनाइ छ ।

भाडाका सिपाहीले पाइसालाई पक्राउ गरे बापत पाइने रकमको लोभमा उनीमाथि गोली चलाएको आशंका स्थानीय समाचार माध्‍यमले गरेका छन् ।

सरकारी फौजविरुद्ध ५० वर्षभन्दा बढी समयदेखि लड्दै आएको मार्क्सवादी समूह फार्क र कोलम्बिया सरकारबीच २०१६ मा युद्धविराम भएको थियो । तर २०१८ पाइसाले आफू उक्त युद्ध विरामबाट अलग भएको र नयाँ विद्रोही समूह गठन गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?