+
+

त्रिविका करार शिक्षकलाई बिना प्रतिस्पर्धा स्थायी गरेकोप्रति पुर्वउपकुलपतिहरुको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १९:०९

२० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षक र कर्मचारीलाई बिना प्रतिस्पर्धा स्थायी गरेकोप्रति त्रिविका पाँच पुर्वउपकुलपतिहरुले विरोध गरेका छन् ।

त्रिविका पुर्वउपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, नविनप्रकाश जङ्ग शाह र हीराबहादुर महर्जनले सोमबार बिहीबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय बदर गर्न माग गर्दै विरोध जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘…त्रिविसभा बैठकले विगत १० वर्षदेखि करारमा कार्यरत तर यसअघिका प्रतियोगीताहरुमा उतीर्ण गर्न नसकेका ४८० जना व्‍यक्तिहरुलाई मात्र परीक्षामा सामेल गराइ स्थायी निर्णय गर्नु अत्यन्त दुर्भाग्‍य हो। त्रिवि सभाको उक्त आत्मघाती निर्णय कार्यान्वयन नगर्न र त्रिवि सभाको विशेष बैठक बोलाएर उक्त निर्णय बदर गर्न त्रिवि प्रशासनलाई हाम्रो गम्भीर सुझाव छ।’

यसका साथै त्रिवि सभाको यस्तो निर्णयले शिक्षाको स्तरीयतामाथि प्रश्‍न उठ्‍ने र विश्‍वविद्यालय सेवामा प्रवेश गर्न योग्‍य व्‍यक्तिहरुको प्रतियोगितामा सामेल हुने मौलिक अधिकार कुण्ठित हुने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment