+
+

सांगीतिक क्षेत्रमा रचनाको व्यस्तता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १०:५१

गायिका रचना रिमाल र गायक रंजन राईको युगल गायनमा समावेश ‘चोखो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा रवि मल्लको शब्द रहेको भने नविन कार्कीको संगीत रहेको छ। गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ।

युवा युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा पूर्ण लम्साल र विष्णु मिश्रको अभिनय रहेको छ। भिडियोलाई शैलेश घलेले छायांकन गरेका हुन्। भिडियोमा बिष्णु खड्काको सम्पादन रहेको छ।

बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment