+
+

सभापतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसको संस्थापनइतर पक्षको बैठक शुरू

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १४:१२

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्ष पार्टीको १४औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंगो लगाउन ठमेलको प्रकाशमान सिंहको निवासमा बैठक शुरू भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच सोमबार भएको छलफल टुंगोमा नपुगेपछि मंगलबार पुनः बैठक बोलाइएको हो ।

यी चारैजना नेताहरुले सभापतिको उम्मेदवारमा दाबी गरेकाले सहमति जुटाउन सकस परिरहेको छ । नेता प्रकाशमान सिंहले सहमतिमा पुग्ने प्रयासमा आज पनि छलफल जारी राख्ने बताए । ‘सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी भएकाले उम्मेदवार छनौट गर्ने कुरा सजिलो छैन,’ उनले भने, ‘साझा उम्मेदवार बनाउनका लागि लोकतान्त्रिक अभ्यास जारी छ । टुंगोमा पुगिएको चाहिं छैन ।’

यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौं हुने कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन पक्षबाट हालका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?