+
+
Shares

देशमा विपत्ति छ, यो कांग्रेस महाधिवेशनको जोड-घटाउ गर्ने बेला होइन : महर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १४:२१

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले विपत्तिको घडीमा नेपाली कांग्रेसले महाधिवेशनभन्दा माथि उठेर देश र जनताको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा निरीक्षण गरेर फर्किएपछि नेता महरले कांग्रेसका सम्पर्क समितिका सभापतिहरूसँग छलफल गर्दै यस्तो बताएका हुन् ।

नेता महरले भोटेकोसीलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै वर्षायामका कारण अधिकांश सडक तथा यातायातका मार्ग अवरुद्ध रहेको अवस्थामा १५औँ महाधिवेशन केही समय पछि सारेर भए पनि पार्टीभित्र समग्र एकता निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।

‘आज हजारौँ नेपाली नागरिक विपत्तिमा छन् । कतै घर बगेका छन्, कतै परिवारले आफन्त गुमाएका छन्, कतै गाउँ नै सडक सञ्जालबाट विच्छेद भएको छ,’ उनले भने, ‘यस्तो संवेदनशील अवस्थामा कांग्रेसको सम्पूर्ण ध्यान महाधिवेशनको जोड–घटाउमा होइन, पीडित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छ ।’

उनले विपत्तिको समयमा राजनीतिक दलको वास्तविक परीक्षा हुने पनि बताए ।

उनले महाधिवेशनलाई अनिश्चितकालसम्म सार्ने नभई दशैँपछि सम्पन्न हुने गरी केही समय मिति परिवर्तन गर्न सकिने प्रस्ताव अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?