+
+

भृकुटीमण्डपमा कांग्रेस नेताहरुले शुरु गरे चुनाव प्रचार (तस्वीरहरु)

शंकर गिरी शंकर गिरी
२०७८ मंसिर २२ गते २०:२७

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु हुन दुई दिन बाँकी छ । तर महाधिवेशन शुरु नहुँदै काठमाडौंको भृकुटीमण्डपमा नेताहरुले आफ्नो प्रचार प्रसार शुरु गरिसकेका छन् ।

१४ औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षा राखेका नेताहरुले आफ्नो प्रचार सामग्री र ब्यानरहरु भृकुटीमण्डपमा झुण्ड्याउने र टाँस्ने गरिसकेका छन् । संस्थापन पक्ष र रामचन्द्र पौडेल पक्षले पदाधिकारी र केन्द्रीय सदस्य पदमा आफ्नो पक्षका उम्मेदवार तय गर्न नसके पनि कतिपय नेताहरुले आफूखुशी  उम्मेदवारी घोषणा गरेका हुन् ।

नेताहरु प्रचारमा व्यस्त भइरहेका बेला भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनस्थलको तयारी पनि तीव्र पारिएको छ ।

हेर्नुस् तस्वीरहरु:

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?