+
+

सातौं चरणपछि शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १४:३३

२३ मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगको सातौँ चरणपछि शीर्ष स्थानमा रहने क्लबले एएफसी कप छनोट खेल्ने भएको छ ।

अहिले तेस्रो चरणसम्मको खेल सकिएको छ । अब चार चरणको खेलपछि एएफसी क्लब लाइसेन्स पाएका चारमध्ये शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

‘हाम्रो समयसिमा ढिला भइसकेकोले सातौं चरणको समाप्ती पनि एएफस कप छनोट खेल्ने टिम छनोट गर्ने भएका हौँ । एएफसी क्लब लाइसेन्स पाएका क्लबमध्ये सातौं चरणपछि शीर्ष हुने क्लबले एएफसी कप छनोट खेल्नेछ।’ तुलाधरले अनलाइनखबरसँग भने ।

एएफसी कप २०२२ का लागि नेपालबाट चार क्लबले मात्र क्लब लाइसेन्स प्राप्त गरेको छ । जसमा लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबसंगै त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र एपीएफ फुटबल क्लब छन् । यी क्लबमध्ये सातौं चरणपछि जो अगाडि रहन्छ वा जसले धेरै अंक जोड्छ उसैले एएफसी कपको छनोट चरण खेल्नेछ ।

यसअघि मछिन्द्रले लिग जितेपनि क्लब लाइसेन्स नभएकोले खेल्न पाएन। मछिन्द्रको सट्टा क्लब लाइसेन्स प्राप्त गरेको आर्मीले एएफसी कप छनोट खेलेको थियो ।

२०२२ को एएफसी कप छनोट आगामी अप्रिलमा हुने तालिका रहेको छ । जारी लिगमा तेस्रो चरणसम्मको खेल सकिँदा साविक विजेता मछिन्द्र र मनाङले समान ७ अंक जोडेका छन् । यस्तै नवप्रवेशी सातदोबाटोको पनि ७ अंक नै छ ।

यस्तै आर्मी ५ अंक जोडेर छैठौ स्थानमा रहँदा सुरुवाती तीन वटै खेल हारेको एपीएफले पुछारमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?