
काठमाडौं । जनकपुरधाममा भएको विवाहपञ्चमी महोत्सवमा शौर्य सिमेन्टको प्रायोजन र विजय लक्ष्मी मिडिया फाउन्डेशनको आयोजनामा निःशुल्क शिविरको आयोजना गरेको छ । विवाहपञ्चमी महोत्सवमा आउने दर्शनार्थिहरुको सेवा सत्कारका लागि शिविरको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
शौर्य सिमेन्टबाट आयोजित उक्त निःशुल्क शिविरमा दर्शनार्थीहरुका लागि चिया पानीको व्यवस्था गरिएको थियो । सेवा भावले आयोजना गरिएको उक्त शिविरबाट १० हजारभन्दा बढी व्यक्तीलाई सेवा प्रदान गरिएको कम्पनीले बताएको छ ।
मंसिर २२ गते भएको रामसीता विवाहमहोत्सवमा नेपाल र भारतका विभिन्न स्थानहरुबाट दर्शनार्थीहरु आउने गर्दछन् । प्रत्येक वर्ष अयोध्याबाट जन्ती आउने गर्दछन् । यस अवसरमा जनकपुरधाममा जानकी मन्दिरले विभिन्न वैवाहिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
सोही अवसरमा शौर्य सिमेन्टले जनकपुरधामको राम चौकमा नाटक पनि मञ्चन गरिएको थियो । शौर्य सिमेन्टबाट सोधिएको प्रश्नहरुको सही जवाफ दिने विजेताहरुलाई शौर्य सिमेन्टको तर्फबाट टिसर्ट पनि बाँडिएको थियो ।
शौर्य सिमेन्ट मिथिला मधेशको उत्पादन रहेको हुनाले मिथिलाको कला संस्कृति परम्परामा कम्पनीको पनि साथ रहने कम्पनीका ब्रान्ड म्यानेजर अनुज महतले बताए ।
प्रतिक्रिया 4