+
+
Shares

निधिले टुंग्याए आफ्नो प्यानलका दुई पदाधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १४:५२

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो प्यानलका दुई पदाधिकारीको टुंगो लगाएका छन् ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्की र सुदुरपश्चिम प्रदेश सभा सदस्य दिव्येश्वरी शाहलाई निधिले आफ्नो प्यानलबाट उम्‍मेदवार बनाएका हुन् । उनीहरुले कुन पदमा उम्‍मेदवारी दिने भन्‍नेबारेमा भने टुंगो लागेको छैन।

कार्की नेपाली कांग्रेसका पूवकेन्द्रीय सदस्य रहेका कार्की तरुण दलका पूव महामन्त्री पनि हुन्। वि.सं. २०३० सालमा नेविसंघ धादिङको अध्यक्ष रहेका कार्की महाराजगञ्ज मेडिकल क्याम्पसका पूवस्ववियू सभापति र इकाई अध्यक्ष पनि हुन्।

यस्तै कैलालीकी शाह वि.सं. २०४७ को मदिरा विरोधी आन्दोलनका अभियान्त हुन्। साथै उनी नेपाल महिला संघ कैलालीका संस्थापक अध्यक्ष समेत हुन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?