+
+

सभापतिको उम्मेदवार छान्न पौडेलसहितका नेताहरु छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते २०:०१
पौडेल समूहबाट सभापति पदका आकांक्षी नेताहरु बाँयाबाट क्रमश: रामचन्द्र पौडेल, शशांङ्क कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला ।

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु सभापति चयन गर्न छलफलमा जुटेका छन् । महाधिवेशन उद्घाटन समारोह सकिएलगत्तै पौडेल समूहका नेताहरु बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटेका हुन् ।

बैठकमा नेता पौडेलसहित सभापतिका आकांक्षी र केन्द्रीय सदस्यहरु सहभागी छन् । महाधिवेशनको कार्यतालिका अनुसार शनिबार उम्मेदवार मनोनयनको समय तोकिएको छ तर पौडेल समूहबाट सभापतिको उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।

सहमतिका लागि नेताहरु निरन्तर छलफलमा रहेपनि सभापतिका आकांक्षीद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच सहमति जुट्न सकेको छैन ।

दुई नेताले सभापतिका लागि तयारी अगाडि बढाएपछि पौडेल समूहमा सबैलाई समेट्ने गरी पौडेललाई नै साझा उम्मेदवार बनाउनुपर्ने दबाव बढ्दै गएको छ । तर पूर्वमहामन्त्री सिंह भने आफूबाहेक अरुलाई सभापतिमा स्वीकार नगर्ने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?