+
+

विद्यासुन्दर शाक्यले भने- पार्टी र जनताले चाहे मेयरमा दोहोरिन सक्छु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १२:३८

२६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपाकलिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टी र जनताले चाहेमा मात्रै आफू फेरि महानगरपालिकाको मेयर दोहोरिने बताएका छन् । आइतबार विहान महानगरपालिकाले गरेको पत्रकार सम्मेलनमा मेयर शाक्यलाई पत्रकारहरुले मेयरमा दोहोरिने योजनाबारे सोधेका थिए ।

जवाफमा नेकपा एमालेबाट निर्वाचित मेयर शाक्यले आफूलाई दिएको जिम्मेवारी पुरा भए/नभएको मूल्यांकन पार्टी तर जनताले गरिररहेको भन्दै आवश्यक ठानेर पार्टीले खटाएको ठाउँमा आफू खटिने बताए ।

‘मलाई महानगरपालिकामा दिएको जिम्मेवारी उपयुक्त र राम्रो ढंगबाट सम्पादन गरेको मूल्यांकनसहित पार्टीले पठाउँदा म फेरि जनतामाझ अनुमोदनका लागि जानुपर्छ,’ उनले भने,’ म दोहोरिन सक्ने/नसक्ने भन्ने कुुरा पाटी र जनतामा भर पर्छ ।’

उनले महानगरपालिकाभित्र सबै कामहरु सर्वससहतिमा भइरहेको भन्दै पार्टीले यसको राम्रो मूल्यांकन गरिरहेको विश्वास व्यक्त गरे । चुनावी घोषणा एउटा सन्दर्भमा जारी भएको भए पनि त्योभन्दा पनि अघि बढेर कतिपय काम भएको उनको दावी छ ।

‘चुनावी घोषणापत्रअनुसार कतिपय काम भएनन् होला, तर अरु पार्टीका राम्रा चुनावी घोषणाका राम्रा पक्षलाई समेत समेटेर काम गरेकाले जनताले पनि त्यसको मूल्यांकन गरेको मेरो विश्वास छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?