+
+

संसद बैठकअघि सबै सांसदहरुको कोरोना परीक्षण हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १६:००

२६ मंसिर, काठमाडौं । संघीय संसदको अधिवेशन शुरु हुनु एकदिन अघि सबै सांसदहरुको कोरोना परीक्षण हुने भएको छ । एन्टीजेन विधिबाट कोरोना परीक्षण भएपछि मात्र संसद भवनभित्र छिर्न दिइने भएको छ ।

संसद सचिवालयले आइतबार एक सूचना जारी गर्दै प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सबै साँसदहरुको एन्टीजेन परीक्षण गर्ने जनाएको हो ।

यस्तै संघीय संसदका महासचिव तथा सचिवहरु, कार्याव्यवस्था महाशाखा, संसद सुविधा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, प्रविधि व्यवस्थापन महाशाखा, कानुनी परामर्श महाशाखा लगायतका सम्बन्ध्ति महाशाखाकाका कर्मचारीहरु,मर्यादापालक एवं सुरक्षाकर्मीहरुको कोरोना परीक्षण हुनेछ ।

सोमबार बिहान ११ बजेदेखि ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा एन्टीजेन परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।
संघीय संसदको अधिवेशन मंसिर २८ गते दिनको २ बजेका लागि बोलाइएको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?