+
+

उच्च मनोबलका साथ पार्टीलाई चुनावमा लैजान चाहन्छु : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १७:०९

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उच्च मनोबलका साथ मुलुक र पार्टीलाई निर्वाचनमा लैजान चाहेको बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँगै डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार छन् । मतदानको अघिल्लो दिन आइतबार आयोजित कार्यक्रममा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि सत्ता कब्जा गर्ने प्रयासमा रहेकाले कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए ।

उनले भने, ‘म पार्टी सभापति बने तीन तहको निर्वाचन जिताउने छु । प्रधानमन्त्रीका रुपमा स्वतन्त्र, निष्पक्ष निर्वाचन गराउँछु । काङ्ग्रेसलाई पुरानै अवस्थामा पुर्‍याउँछु ।’

सम्बोधनका क्रममा उनले प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री र पार्टी सभापति फरक फरक व्यक्ति हुँदा सरकार र पार्टी दुबै कमजोर भएको इतिहास रहेको भन्दै उनले भने, ‘यहाँ देउवाको हार जितको विषय होइन, प्रजातन्त्र बचाउनुछ, काङ्ग्रेसलाई जिताउनुछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?