+
+

‘हिमालय रोडिज’को चौथो सिजन सोमबारदेखि हिमालय टीभीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १८:१८

२६ मंसिर, काठमाडौं । ‘हिमालय रोडिज’को चौथो सिजन हिमालय टेलिभिजनबाट सोमबारदेखि प्रसारण हुने भएको छ । आइतबार निर्माणपक्षले काठमाडौंमा पत्रकार सम्मेलन गरी हरेक सोमबार बेलुकी ८ बजेबाट ‘हिमालय रोडिज’ प्रसारण हुने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा शोका निर्देशक सिमोस सुनवारले भने, ‘दर्शकले शो हेर्दा मेरो शैली देख्न पाउनुहुनेछ । यसपटक हामीले कोरोनाका कारण डिजिटल अडिसनबाट प्रतिस्पर्धी छानेका छौं ।’ शोको अन्य फर्म्याट भने पुरानै भएको उनले बताए ।

पत्रकार सम्मेलनमा शोका होस्ट रेमनदास श्रेष्ठ र ग्याङ्ग लिडरहरु लाउरे, अनुपविक्रम शाही र समन श्रेष्ठ उपस्थित थिए । ग्याङ्ग लिडर अनुपले भने, ‘यसपटक निक्कै रमाइलो भयो । दर्शकले शोमा केही कुराहरु नयाँ पाउनुहुनेछ ।’ यस्तै निर्देशक सुनुवारले अगाडि भने, ‘यसपटक डिजिटल अडिसनबाट हामीले हजारौं सहभागीबाट प्रतिस्पर्धी छानेका छौं । यसपटकका प्रतिस्पर्धीहरु एकदमै दमदार छन् ।’

‘हिमालय रोडिज’का निर्देशक सिमोस सुनुवार

अर्का ग्याङ्ग लिडर लाउरेले अघिल्ला तीन सिजनभन्दा राम्रो गर्नुपर्ने चुनौती आफूहरुमा रहेको बताए । ‘जुन कुरा दर्शकले शोमा पाउनुहुनेछ,’ उनले भने ।

अनुपले यसपटक दर्शकले धेरै कुरामा ‘सरप्राइज’ पाउने बताए । ‘ग्याङ्ग लिडर भएका नाताले हामीले पनि अब के हुँदैछ भन्ने थाहा पाउँदैनौं । यसपटक झनै सरप्राइज छ,’ उनले भने । अर्का ग्याङ्ग लिडर समन श्रेष्ठले ‘हिमालय रोडिज’मा भाग लिएपछि आफ्नो जिन्दगीमा धेरै परिवर्तन आएको सुनाए । कार्यक्रमका होस्ट रेमनदास श्रेष्ठले, यो शोमा भाग लिएपछि प्रतिस्पर्धीहरुको आत्मबल बढेको बताए ।

‘हिमालय रोडिज’का ग्याङ्ग लिडर अनुपविक्रम शाही र लाउरे

सोमबारबाट प्रसारण हुने ‘हिमालय रोडिज’को चौथो सिजनलाई दर्शकले मन पराउने निर्माण टिमको विश्वास छ ।

 तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?