+
+

शेयर लगानीकर्तालाई संयमित भएर लगानी गर्न कार्यदलको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १३:२६

२७ मंसिर, काठमाडौं । शेयर बजार लगानीकर्ताका संघहरुको छाता समूह ‘पुँजी बजार सृदृढिकरण बृहत कार्यदल’ ले अत्यावश्यक नपरी शेयर बिक्री नगर्न सबै लगानीकर्ताहरुमा आग्रह गरेको छ । छोटो समयमा नै १२ खर्ब सम्पत्ति गुमिसकेको भन्दै सोमबार कार्यदलका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले प्रेस विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् ।

अर्थमन्त्रालयले तीन वर्ष अघि नै गर्छु भनेका कामहरु समेत नगरेको भन्दै ती सबै कामहरु यथाशिघ्र पुरा गर्न अनुरोध समेत गरिएको छ । तीन वर्ष अघि बजार सुधारका लागि भन्दै सरकारले अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा पुँजी बजार अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले ५८ बुँदे सुझाव दिए पनि अधिकांश सुझावहरु अझै कार्यान्वयन नभएको लगानीकर्ताहरुको भनाइ छ ।

५८ बुँदे मध्येका बाँकी कामहरु गर्न लगानीकर्ताले उच्च स्तरीय कार्यदल गठनका लागि समेत सरकासँग अनुरोध गरेका छन् । ४७ लाख डिम्याट खाताधारीबाट १२ खर्बको सम्पत्ति गुमेको भन्दै अहिलेको संकट समाधान गर्न ब्रोकरमार्फत मार्जिन ट्रेडिङ कारोबार पूर्ण रुपमा कार्यान्वयन नभएसम्म शेयर धितोमा लगानीएको सीमा हटाउन आग्रह गरिएको छ ।

‘धितोपत्र बोर्ड र नेप्सेका प्रमुख तत्काल नियुक्त गर्ने र ५८ बुँदेका बाँकी कामहरु तत्काल गर्नका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग जोडदार माग गर्दछौं । यस प्रतिकुल अवस्थामा लगानीकर्तालाई पन संयमित भएर कारोबार गर्न र अत्यावश्यक नपरी शेयर बिक्री नगर्न अपिल गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

लगानीकर्ताहरुका विभिन्न संगठनहरुले पौडेलको नेतृत्वमा एक साता अघिमात्रै कार्यदल गठन गरेका थिए । पौडेल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा विषयगत समितिका प्रमुख समेत हुन् ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?