+
+
Shares

विश्व बजारमा राहत संकेत : बढ्याे अमेरिकी सेयर बजार, घट्याे कच्चा तेलको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते ८:१३

१० चैत, काठमाडौं । अमेरिका र इजरायले इरानमाथि आक्रमण सुरु गरेपछि जारी युद्धको असरले प्रभावित हुँदै आएको विश्व बजारमा सोमबार साँझ ठूलो राहतको संकेत देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको भनेर सोसल मिडियामा गरेको एक पोस्टले युद्ध रोकिने आशमात्र देखाएन, विश्व अर्थतन्त्रमा झिनो आशाको किरण देखिएको छ । यद्यपि, इरानले अमेरिकासँग सम्वादमा नरहेको जवाफ दिइसकेको छ ।

ट्रम्पको सन्देशपछि अमेरिकी बजारमा उल्लेखनीय उछाल देखिएको छ । सोमबार वाल स्ट्रिटमा निकै चहलपहल देखियो । अमेरिकामा ५ सय ठूला कम्पनीको सेयर सूचकांक (एसएन्डपी ५००) देखि प्रविधि कम्पनीहरू धेरै भएको अमेरिकी सेयर बजार सूचकांक नास्ड्याकसम्म सबै सूचकांकमा वृद्धि भएको छ ।

यद्यपि, इरानले प्रत्यक्ष वार्ताको खण्डन गरेपछि यो वृद्धि केही सीमित भयो ।

नेपालमा सोमबार दिनभरि उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढेर बन्द रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.०१ अंक बढेको थियो ।

छिमेकी मुलुक भारतको सेयर बजार ठूलो गिरावट सहित बन्द भएको थियो । तर, साँझतिर भारतको सेयर बजारसँग सम्बन्धित एक फ्युचर्स ‘गिफ्ट निफ्टी’ (भविष्यको कारोबार) सूचकांकले अवस्था नै बदलिदियो ।

यसमा करिब ९०० अंक (४ प्रतिशत) को उल्लेखनीय वृद्धि देखिएको थियो । गिफ्ट निफ्टीमा मंगलबार बिहान पनि करिब २ प्रतिशत वृद्धि देखिएकाले यसलाई सकारात्मक संकेतका रूपमा लिइएको छ ।

कच्चा तेलको मूल्यमा पनि गिरावट

ट्रम्पले इरानसँग ‘सकारात्मक वार्ता’ र आगामी ५ दिनसम्म आक्रमण स्थगित गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ ।

१ सय १४ डलर प्रतिब्यारेल नाघेको ब्रेन्ट क्रुड (कच्चा तेलको एक प्रकार) को मूल्य ११–१३ प्रतिशतले घटेर १ सय डलरभन्दा तल झरेको थियो । यद्यपि पछि मूल्य केही बढेको थियो ।

विश्व बजारमा कच्चा तेलको मूल्य घट्नुलाई सकारात्मक संकेत मान्न सकिन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?