+
+

च्याम्पियन्स लिगको नयाँ ड्र : पीएसजी र रियल मड्रिड भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते २०:२४

२७ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनी क्लब रियल मड्रिड भिड्ने भएका छन् ।

सोमबार सार्वजनिक भएको ड्रमा लिग वानको शीर्ष टीम पीएसजीले ला लिगाको शीर्ष टीम मड्रिडलाई प्रतिद्वन्द्वी पाएको हो । अब चोटका कारण तलमाथि नभए लिओनल मेसी स्पेन जानेछन् र सान्टिएगो बेर्नाबाउमा रियल मड्रिडविरुद्ध खेल्ने छन् ।

जबकी सोमबार पहिलो पटक भएको ड्रमा पीएसजीले म्यानचेष्टर युनाइटेड प्रतिद्वन्द्वी पाएको थियो । तर प्राविधिक त्रुटि देखिएको भन्दै यूईएफएले त्यो रद्ध गर्‍यो ।

दोस्रो पटक भएको ड्रमा लिभरपुलले इन्टर मिलान, चेल्सी र लिले, म्यानचेष्टर सिटीले स्पोर्टिङलाई प्रतिद्वन्द्वी पाएको छ ।

यसैगरी एथ्लेटिको मड्रिड र म्यानचेष्टर युनाइटेड, युभेन्टसले भिल्लारियल, बेन्फिकाले आयाक्स र बार्यन म्युनिखले साल्जबर्ग प्रतिद्वन्द्वी पाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?