+
+

अपडेट : ११०० मत गणना हुँदा देउवा र शेखरको मत अन्तर १०३ मात्र

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ५:५९

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् । तर उनलाई अर्का उम्मेदवार शेखर कोइरालाले पछ्याइरहेका छन् ।

राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । हालसम्म ११०० मतको गणाना भएको छ, जसमा देउवाले ५२२ मत पाएका छन् भने डा. शेखर कोइरालाले ४१९ मत पाएका छन् ।

प्रकाशमान सिंहले १०५, विमलेन्द्र निधिले १०५ र कल्यण गुरूङले ४ मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?