+
+
Shares

स्कोडाको नयाँ शोरुम बुटवलमा 

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते २०:१४

काठमाडौं । नेपालका लागि युरोपको अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रीएस (सेल्स, सर्भिस र स्पेयर्स) सेवा शुरु गरेको छ । अब रोडवेज लाइफस्टाइलले पश्चिमी नेपालमा स्कोडाको बिक्री र बिक्रीपछिको सेवाको जिम्मेवारी पाएको हो ।

प्रदेश ५ का उद्योग तथा वाणिज्यमन्त्री अजय शाही र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका थिए ।

नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको कम्पनीले जनाएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन शुरु गरेको थियो ।

बुटवलम नयाँ शोरुमको स्थापना भएसँगै पश्चिमी नेपालमा कम्पनीको उपस्थितिलाई झनै बलियो बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा मन्त्री शाहीले स्कोडा बुक गरेका ग्राहकहरुलाई साँचो हस्तान्तरण गरेका थिए ।

स्कोडाको नयाँ डिलर रोडवेज लाइफस्टाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्ने कम्पनीले जनाएको छ । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउने कम्पनीको भनाइ छ ।

हाल पोखरा, नारायणगढ, विराटनगर, वीरगञ्ज, बिर्तामोड, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?