
१ पुस, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुरमा बस र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
गएराति ७ः४० बजे ना ५ ख ७९३७ नम्बरको बस र मे. ७ प. २८४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक ईलामको रोङ गाउँपालिका–६ बस्ने ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका चन्द्र बहादुर राई छन् ।
उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
बस चालक ईलामको चुलाचुली–२ का ३१ वर्षीय सरोज ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4