+
+

नासाको यान पहिलो पटक सूर्यको वायुमण्डलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते ११:०३

२९ मंसिर, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एक यान पहिलो पटक सूर्यको वायुमण्डलमा प्रवेश गर्न सफल भएको छ ।

वैज्ञानिकहरूले मंगलबार सम्पन्न अमेरिकन जियोफिजिकल युनियनको बैठकमा ‘पार्कर सोलर प्रोब’ नामक यान पहिलो पटक सूर्यको वायुमण्डलमा प्रवेश गरेको घोषणा गरेका हुन् । हालसम्म अन्वेषण नभएको र कोरोना पनि भनिने सूर्यको बाहिरी क्षेत्रमा उक्त यान प्रवेश गरेको उनीहरूको भनाइ छ ।

नासाको यानले यही अप्रिलमा यात्रा गरेको थियो । आफ्नो ८ औं उडानका क्रममा सूर्यको बाहिरी भाग प्रवेश गरेको यानले केही महिनापछि मात्रै सूचना पठाएको र सूचना पुष्टि गर्न थप समय लागेको वैज्ञानिकहरूले बताएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयका प्रोजेक्ट वैज्ञानिक नुर राओएफीले सूर्यको वायुमण्डलमा यान पुगेको जानकारीलाई निकै उत्साहजनक भनेका छन् ।

सूर्यको ठोस सतह छैन र यही कारण कोरोना क्षेत्रमा नै यसका गतिविधि हुने गर्छन् । चुम्बकीय गतिविधि  निकै हुने उक्त क्षेत्रको अन्वेषणबाट सूर्यले अचानक निस्कासन गर्ने ऊर्जाबारे थप बुझ्न सहज हुने अपेक्षा गरिएको छ ।

पार्कर यानलाई २०१८ मा पठाइएको थियो । सौर्य वायुमण्डल र अन्तरिक्षमा बग्ने हावाबीच अवस्थित खस्रो एवं असमान सीमाना पार गर्ने बेला उक्त यान सूर्यको केन्द्र भागबाट १ करोड ३० लाख किलोमिटर टाढा थियो ।

वैज्ञानिकका अनुसार यानले कोरोना क्षेत्रमा ३ पटकसम्म भित्र-बाहिर गरेको थियो । कोरोना क्षेत्र सोचेभन्दा बढी धूलोयुक्त रहेको राओएफीले बताए । उक्त क्षेत्रमा हुने भावी यात्रापछि सौर्य हावाको उत्पत्ति, तात्ने र अन्तरिक्षमा फैलिने प्रक्रियाबारे थप थाहा पाउने सकिने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?