+
+
Shares

‘मिसेस नेपाल वर्ल्ड’मा २४ जना भिड्दै, उषा रजक पनि प्रतिस्पर्धामा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १२:२७

१ पुस, काठमाडौं । विवाहित महिलाहरुको लागि आयोजना हुँदै आएको ‘मिसेस नेपाल वर्ल्ड’को अन्तिम प्रतिस्पर्धामा २४ जना महिलाबीच प्रतिस्पर्धा हुने भएको छ । पुस १७ गते काठमाडौंको कमलादीस्थित नेपाल एकेडेमीमा हुन लागेको यो प्रतिस्पर्धामा नायिका उषा रजकले समेत प्रतिस्पर्धा गर्दैछिन् ।

उषा अभिनित चलचित्र ‘कठपुतली’ पुस १५ गतेबाट रिलिज हुँदैछ । करिब १ महिनासम्म प्रशिक्षण गरेर प्रतियोगीहरुले अन्तिम प्रतिस्पर्धामा भाग लिनेछन् । यो प्रतियोगितामा उषा रजक, सुजाता अर्याल, रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानियाँ, जयन्ती राई, विनिता कुइँकेल, सुमिता लामा, राजश्री थापा, मनिका न्यौपाने, सुष्टिका दोङ्ग, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दीक्षा केसी, पार्वती गिरी, सिर्जना सुवेदी, निरञ्जना भेटवाल, समीक्षा कार्की र माला सुनारबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।

‘मिसेस नेपाल वल्र्डसँगै’ सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेशनल र एमएस इन्टरनेशनल’को उपाधि विजेता पनि चयन गरिनेछ । यो प्रतियोगिताको विजेताले सन् २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछिन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?