+
+

ईशान खट्टरको ‘पिप्पा’को प्रदर्शन मिति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १६:२५

१ पुस, काठमाडौं । सन् १९७१ मा भएको भारत-पाकिस्तान युद्धका कमाण्डरको जीवनीमा आधारित बलिउड चलचित्र ‘पिप्पा’को प्रदर्शन मिति घोषणा गरिएको छ । हाल छायाँकनकै क्रममा रहेको यो चलचित्र सन् २०२२ को डिसेम्बर ९ मा ‘विजय दिवस’का दिन रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९७१ मा भएको भारत-पाकिस्तानबीच युद्धपछि बंगलादेश स्वतन्त्र भएको थियो । यसै दिनको सम्झनामा हरेक वर्षको डिसेम्बर ९ लाई भारतले विजय दिवसको रुपमा मनाउदै आएको छ ।

आरएसवीपी एण्ड राय कपूर फिल्म्सको प्रस्तुतिमा रोनी स्क्रुवाला र सिद्धार्थ राय कपूरले निर्माढा गरेको चलचित्र ‘पिप्पा’लाई राजा कृष्ण मेननले निर्देशन गरेका छन् ।

चलचित्रमा ईशान खट्टरको मुख्य भूमिका रहेको छ । यसमा उनले सन् १९७१ को युद्धमा ट्यांक (पिप्पा)को कमाण्ड सम्हालेका एक बिग्रडियरको भूमिका निर्वाह गरेका छन् । चलचित्र एक्सनले भरिपूर्ण छ ।

चलचित्र छायाँकनका केही तस्वीर सार्वजनिक भएसँगै यसले दर्शकहरुमा उत्साह जगाएको छ । हाल यो चलचित्रको छायाँकन अमृतसर, पश्चिम बंगाल, अहमदनगर, मुम्बई लगायतका स्थानमा भइरहेको छ ।

ब्रिगेडियर बलराम सिंह मेहताद्वारा लिखित पुस्तक ‘द बर्निङ चफिज’मा आधारित ‘पिप्पा’मा ईशानका साथै मृणाल ठाकुर, प्रियांशु पेन्युली र सोनी राजदानको पनि प्रमुख भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?