
२ पुस, काठमाडौं। नेपाल भेटनरी एसोसिएसनले आयोजनमा हुने हाफ म्याराथनको तयारी पूरा भएको छ । प्रोटिनको प्रयोगबारे जनचेतना जगाउन आयोजना गरिएको म्याराथन शनिबार हुने संघका अध्यक्ष सितलकाजी श्रेष्ठले जानकारी दिए।
२ हजार सहभागी हुने प्रतियोगिता विहान सात बजेबाट सुरु हुने श्रेष्ठ ले जानकारी दिए ।प्रतियोगितामा दूई हजार खेलाडी सहभागी रहने छन् ।
सम्पूर्ण विधाका दौडहरुमा पुरकारमा मात्र १० लाख ५० हजार रकम खर्च हुने आयोजनले जानकारी दिएको छ। प्रतियोगितामा एथ्लेटिक्स एसोसिएसनले मान्यता प्रतियोगितामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
प्रतियोगितामा सात विधाका खेल हुनेछन्। जहाँ खुला हाफ म्याराथन र १२ कक्षासम्मका विद्यार्थीका तिनै दौड पुरुष र महिला दुवैतर्फ दुवै विधामा रहेको छ। पुरुषतर्फको खुला दौड १० किमीको हुनेछ भने महिलातर्फको खुला दौड पाँच किमीको हुनेछ। त्यस्तै, ह्विल चेयर रेस पनि हुने आयोजकले प्रेस विज्ञप्तिमा उल्लेख छ।
म्याराथनमा विजेता हुने खेलाडीले एक लाख पुरस्कार जित्नेछ। त्यस्तै, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेले क्रमशः ७५ हजार, ५० हजार, ४० जार र ३० हजार पुस्कार पाउनेछन्।
त्यस्तै, १० किमीतर्फ विजेता, उपविजेता, तेस्रो चौथो र पाँचौ हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार पुरस्कार जित्नेछन्। पाँच किमी महिलातर्फको पुरस्कार रकम क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार रहेका छ।
खेलमा आयोजकले २० स्टेसन प्रयोग गर्ने भएको छ। जहाँ स्टेसनमा स्वयंसेवन रहने आयोजकले जानकारी दिएको छ। ‘प्रतियोगितामा २०० स्वयंसेवक र एथ्लटिक्स संघका ५० अफिसियल खटिने भएका छन्,’ अध्यक्ष श्रेष्ठले भने।
प्रतियोगितामा म्याराथानका लागि त्रिपुरेश्वरबाट भक्तपुरको राधेराधेसम्मको रुट प्रयोग गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको लागि ट्राफिक व्यवस्थापनका लागि महानगरको ट्राफिकसँग सहकार्य गर्ने आयोजकले बताएको छ।
प्रतिक्रिया 4