+
+

प्रधानमन्त्री कप महिला क्रिकेट : पहिलो दिन प्रदेश १ र लुम्बिनी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते १९:१२

३ पुस, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुुरु भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सुुदूरपश्चिमका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्रतियोगिताको उदघाटन गरे ।

शनिबार भएका खेलमा प्रदेश १ र लुुम्बिनी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १६० रनले हरायो भने लुम्बिनीले बागमतीलाई ७ विकेटले पराजित गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले कप्तान रुविना क्षेत्री र अप्सरी वेगमको अर्धशतमा निर्धारित २० ओभरमा २ विकेट क्षतिमा १६६ रन बनाएको थियो ।

७६ रनको पारी खेलेकी कप्तान क्षेत्रीले १० बलमा १० चौका प्रहार गरिन् भने अप्सरीले ६१ रन बनाइन् । उनले ६२ बल खेल्दै ५ चौका प्रहार गरेकी थिइन् । प्रदेश १ ले २९ रन अतिरिक्त पाएको पायो । कर्णालीका लागि दिव्या धामीले २ विकेट लिएकी थिइन् ।

१६७ रनको लक्ष्य पछ्याएको कर्णाली ११ दशमलव ४ ओभरमा ६ रनमा अलआउट भयो । प्रदेश १ का लागि अलिशा खडियाले ५ विकेट लिइन् । यस्तै संगीता राईले दुई र सवनम राईले एक विकेट लिइन् । ५ विकेट लिएकी अलिशा प्लेयर अफ द म्याच भइन् ।

दोस्रो खेलमा टस जितेर पहिले व्याटिङ गर्दै बागमती प्रदेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन बनाएको थियो । उसका हेलिसा गुरुङले २८ रन बनाइन् । बागमतीले १५ रन अतिरिक्त पाएको थियो । लुम्बिनीका लागि मधु डिसीले ३ विकेट र सुस्मिता भुसालले २ विकेट लिइन् ।

जवाफी ब्याटिङ थालेको लुम्बिनी प्रदेशले १२ दशमलव ५ ओभरमा ३ विकेट क्षतिमा विजय लक्ष्य हासिल गर्‍यो । लुम्बिनीलाई जिताउन कप्तान सरस्वती जिएमले सर्वाधिक २९ रन बनाइन् । बागमतीका लागि अस्मिना कर्माचार्य, आरती विडारी र खुशी दंगालले एक एक विकेट लिइन् ।

लुम्बिनीका लागि ३ विकेट लिएकी मधु डिसी प्लेयर अफ द म्याच भइन् ।

प्रतियोगिताको दोस्रो दिन पनि दुई वटा खेल हुनेछन् । पहिलो खेलमा लुम्बिनी र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश १ खेल्नेछन् ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा धनगढीमा प्रतियोगिता सञ्चालन भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?