+
+

प्रेस चौतारीको केन्द्रीय कमिटीमा को–को परे ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते ११:३५

४ पुस, काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको २९९ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको छ ।

केन्द्रीय अध्यक्ष गणेश बस्नेत र महासचिव राजेश राई छन् । वरिष्ठ उपाध्यक्ष माधवप्रसाद नेपाल, महिला उपाध्यक्ष टीका विष्ट, समावेशी उपाध्यक्ष सइन्द्र राई छन् ।

यसैगरी प्रदेश १ बाट लीलाराज भट्टराई र प्रदेश २ बाट लालबाबु शेख पनि उपाध्यक्ष छन् ।

अन्य उपाध्यक्षहरुमा गण्डकी प्रदेशबाट गणेश पाण्डे, लुम्बिी प्रदेशबाट सविन प्रियासन, कर्णाली प्रदेशबाट वीरबहादुर गिरी छन् ।

बागमती र सुदूरपश्चिम प्रदेशबाट भने उपाध्यक्ष पद रिक्त राखिएको छ ।

हाल आठौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित पदाधिकारीसहित अनुशासनको कारबाहीमा परेका बाहेक अन्यको जिम्मेवारी यथावत राखिएको छ । यसैगरी अध्यक्ष र सचिवसहित १५ सदस्यीय अनुशासन र लेखा आयोगलाई पूर्णता दिइएको छ ।

केन्द्रीय समितिमा एकता प्रक्रियाबाट आएका २८ जनालाई समेत समेटिएको छ ।

हेर्नुहोस् प्रेस चौतारीको २९९ सदस्यीय केन्द्रीय कमिटी –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?