
५ पुस, काठमाडौं । दीपिका पादुकोण, अनन्या पाण्डे र सिद्धान्त चतुर्वेदी अभिनित बलिउड चलचित्र ‘गहराइयाँ’को टिजर सार्वजनिक भएको छ । शकुन बत्राले निर्देशन गरेको यो चलचित्र अमेजन प्राइम भिडियोमार्फत आगामी जनवरी २५ मा रिलिज हुनेछ ।
‘गहराइयाँ’को टिजरमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । अभिनेत्री दीपिका पादुकोण र अभिनेता सिद्धान्त चतुर्वेदीबीचका रोमान्टिक दृश्य पनि टिजरमा अटाइएको छ ।
दीपिकाको यो चलचित्र लामो समयदेखि प्रतीक्षित मानिएको छ । दीपिकाले ‘गहराइयाँ’को टिजर आफ्नो इन्स्टाग्राम एकाउण्टमा पनि शेयर गरेकी छन् ।
‘गहराइयाँ’मा सम्बन्धको कथा समेटिएको छ । अहिलेको जटिल आधुनिक सम्बन्ध, पति-पत्नीले एकअर्कालाई नियन्त्रणमा राख्न खोज्दा उत्पन्न हुने परिस्थितिलाई चलचित्रको कथा बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4