+
+
Shares

चिनियाँ टेनिस खेलाडीले भनिन् : यौन दुर्व्यवहार भयो भनेकी छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १९:०६

५ पुस, काठमाडौं । चीनकी स्टार टेनिस खेलाडी पेङ सुआईले आफूमाथि कसैले यौन दुर्व्यवहार नगरेको बताएकी छन् ।

आइतबार सिंगापुरको एक पत्रिकामाथि टिप्पणी गर्दै सुआईले यसअघि वेइबोमा गरिएको पोष्टलाई गलत तरिकाले बुझेको बताएकी छन् । आफूमाथि कसैले यौन दुर्व्यवहार नगरेको उनको भनाइ थियो ।

‘म एउटा निकै महत्वपूर्ण कुरा भन्न चाहन्छु- कसैले ममाथि यौन दुर्व्यवहार गरेको भनेर कहिल्यै बोलेकी वा लेखेकी छैन’, आइतबार लियानहे जाओबाओले पोष्ट गरेको भिडियोमा सुआइले भनेकी छन्, ‘म यो कुरालाई प्रस्टसँग जोड दिन चाहन्छु ।’

यसअघि चिनियाँ सामाजिक सञ्जाल वेइबोमा पोष्ट भएको सामग्री ‘निजी विषय’ भएको र आफूले लेखेको कुरालाई ‘मानिसहरूले गलत तरिकाले बुझेको’ समेत सुआइको भनाइ छ ।

पेङले नोभेम्बर २ तारेखमा चिनियाँ कम्युनिष्ट पार्टीका भूतपूर्व प्रान्तीय नेता एवं पूर्व उप-प्रधानमन्त्री झाङ गाओलीमाथि जबर्जस्ती यौन सम्पर्क गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा एक पोष्ट गरेकी थिइन् । चिनियाँ इन्टरनेटमा हंगामा मच्चाएपछि वेइबोमा रहेको उनको पोष्ट हटाइएको थियो ।

झाङले खुलापत्रको रुपमा लेखेको उक्त पोष्टमा आफू र झाङ कम्तीमा १० वर्षसम्म सम्बन्धमा रहेको उल्लेख गरेकी थिइन् । उक्त पोष्ट लगत्तै उनी केही समय सार्वजनिक स्थलमा देखिएकी थिइनन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?