+
+

काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १५:३३

७ पुस, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ ।

सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरको पार्किङमा लुकाइराखेको अवस्थामा प्रदेश ३ -०२-०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका-३ घर भइ गैरीगाउँ लामाबगर बस्ने १९ वर्षीय पारस तामाङ्ग र धादिङ नेत्रावती डब्जोङ गाउँपालिका-१ घर भइ लामबगर बस्दै आएका २२ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन् ।

पक्राउ भएको उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट यही मंसिरमा हराएको भनी काठमाडौं तारकेश्वर नगरपालिका -८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलियासहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजुमा पठाइएको ट्राफिक महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?