+
+

रासायनिक मलको अत्यधिक मूल्य बढेको छ, पर्याप्त ल्याउन सकिएन : कृषि मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १६:४५

७ कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य अत्यधिक बढेको भन्दै तत्काल पर्याप्त मल आउने निश्चित नभएको बताएका छन् ।

बुधबार नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्र्दै उनले अन्तर्राष्ट्रिय बजारबाट मल खरीद गर्न समस्या भएकाले अब रासायनिक मलको विकल्पमा प्रांगारिक मल प्रयोग गर्नुपर्ने धारणा राखे ।

एक वर्षअघि प्रति मेट्रिक टन तीनदेखि साढे ३ सय डलर पर्ने रासायनिक मल अहिले प्रति मेट्रिक टन ११ सय डलर पुगेको भन्दै मन्त्री यादवले अनुदानक लागि धेरै रकम चाहिने बताए । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण सम्झौता गरिसकेका ठेकेदारले पनि मल ल्याउने निश्चित नभएको मन्त्री यादवको भनाइ छ ।

‘आजभन्दा १२ महिना पहिले ३–साढे ३ सय डलरमा एक मेट्रिक टन पाइन्थ्यो । केही दिनअघि ठेकेदारहरुले चार सय ६५ मा ल्याए’ उनले भने, ‘अहिले अचानक ११ सय डलर मेट्रिक टन भइसक्यो । अब ठेकेदारहरुले मल ल्याउने निश्चित छैन । अन्तर्राष्ट्रिय बजारमा पनि मलखादको अभाव छ ।’

रासायनिक मलको अभाव भए पनि हिउँदे सिजनका लागि डीएपी र युरिया आपूर्ति गरेको उनको भनाइ छ । ‘तर पनि किसानको मागअनुसारको पूर्ति भइरहेको छैन’ उनले भने । नेपालमा एक वर्षमा ५ देखि ६ लाख मेट्रिक टन मल आवश्यक पर्ने भन्दै यति धेरै मलमा अनुदान दिन धेरै रकम लाग्ने मन्त्री यादवको भनाइ छ ।

अब अन्तर्राष्ट्रिय बजारमा रासायनिक मल खरिद गर्न नसकिने भन्दै मन्त्री यादवले सरकार–सरकार (जीटुजी) मार्फत मत्र खरदि गर्न सकिने बताए ।

‘त्यसकारण यसको निदान भनेको अब सरकारले जिटूजी नै गर्नुपर्छ, जसरी तेलको जिटूजी गरिएको छ । सबै देशलाई जिटूजीबाट दिन प्रचार गरिएको छ । कुनै देशले त्यसरी दिने अवस्था छैन’ उनले भने, ‘…मलखादको अर्को विकल्प भनेको अहिले प्रांगरिक मल नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?