+
+

चीनको सिनजियाङ प्रान्तमा उत्पादित सामान अमेरिकामा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १०:२१

९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिनजियाङ प्रान्तमा उत्पादित सामान प्रतिबन्ध लगाउने एक कानुनमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति जो बाइडेनले चीनसँग सम्बन्ध बिग्रिरहेका बेला सिनजियाङ प्रान्तमा उत्पादित सामग्रीमाथि प्रतिबन्ध लगाउने एक कानुनमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

चीनले अल्ससंख्यक उइगुर मुस्लिमलाई दमन गरेका कारण जिनसियाङ प्रान्तका सामानमाथि प्रतिबन्ध लगाउने कानुन अमेरिकाका दुबै सदन (हाउस अफ रिप्रेजेन्टेटिभ र सिनेट)बाट यसै महिनाको सुरुमा सर्वसम्मत पारित भएको थियो ।

सिनजियाङ प्रान्तमा कपास र सोलर प्यानलको ठूलो आपूर्तिकर्ता हो । नयाँ कानुनमा उक्त प्रान्तमा बनेका लगभग सबै सामग्रीको आयातमाथि प्रतिबन्ध लगाउने उल्लेख छ । यसबाहेक, आपूर्तिकर्ताले आयात गरिने वस्तु बाध्यकारी श्रमबाट नबनेको भनेर प्रमाणित गर्नुपर्ने छ ।

संयुक्त राष्ट्रसंघका अधिकारीले सिनजियाङ क्षेत्रमा पहिल्ला वर्ष १० लाखभन्दा बढी मानिसलाई श्रम शिविरमा थुनिएको आरोप लगाउँदै आएका छन् । अमेरिकासहित कैयौं मानव अधिकार समूहले चीनको उक्त कार्यलाई नरसंहारको संज्ञा समेत दिएका छन् ।

तर चीनले सिनजियाङमा अल्पसंख्यक मुस्लिममाथि दमन गरिएको आरोप अस्विकार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?