+
+

यू १९ एसिया कप : नेपाल बंगलादेशसँग १५४ रनले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १९:०८

९ पुस, काठमाडौं । एसीसी यू १९ एसिया कपको पहिलो खेलमा नेपाल बंगलादेशसँग १५४ रनले पराजित भएको छ ।

बंगलादेशले दिएको २९८ रनको लक्ष्य पछ्याएको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

नेपालका लागि गुलशन झाले सर्वाधिक ३५ रन बनाए भने विवेक मगरले ३३ र विवेक यादवले २६ रन बनाए ।गुलशन र विवेक यादवले सातौं विकेटका लागि ६० रनको साझेदारी गरेका थिए।

नेपाललाई अलआउट गर्न बंगलादेशका तन्जिन हसन शकिब, रकिबुल हुसेन, एसएम मेहेरोब र नईमुर रोहमानले २-२ विकेट लिए। सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ४ विकेट गुमाएर २९७ रन बनाएको थियो।

बंगलादेशका लागि प्रान्तिक नबिलले अविजित रहदै सर्वाधिक १२७ रन बनाए ।रिटायर्ड हर्ट भएका मोहमद फाहिमले ५८ रन जोडे।

यस्तै एच मोल्लहले २२, मेहरुब हसन र इफ्ताकर होसेनले २१/२१ रन जोड्दा महफिजुल इस्लामले १७ रन बनाए। नेपालका गुलशन झा,तिलक राज भण्डारी र मोहमद आदील आलमले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?