+
+

काठमाण्डु टिम च्याम्पियनको उपाधि नेपाल टेलिकमलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते २०:२३

९ पुस, काठमाडौं। राजधानीमा शुक्रबार सम्पन्न कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि नेपाल टेलिकमले जितेको छ ।

काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक आयोजित च्याम्पियनसिप फाईनलको पहिलो खेलको पुरुष एकलमा टेलिकमका रत्नजित तामाङ्गले सिल्क ग्रुपका बिकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाल्दै टेलीकमलाई १–० को अग्रता दिलाए ।

दोश्रो खेलमा सिल्ककी अनुमाया राई टेलीकमकी सिमा राजबंशीमाथि हावी भईन् । राईले सिमालाई २१–१४, २१–१५ को जित निकाल्दै खेललाई एक एकको बराबरीमा ल्याइन् ।

तेश्रो कर्पोरेट पुरुष युगल खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्णन शर्माको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१२, २१–५ ले जित निकाल्दै खेललाई २–१ को अवस्थामा पुर्याए ।

चौथो महिला युगलको खेलमा टेलिकमकी सिमा राजवंशीको घुँडामा चोट बल्झे पछि रिटायर्ड हर्ट भई खेल छोडे पछि परिणाम २–२ को अवस्थामा पुग्यो । तर अन्तिम तथा निर्णायक खेल पुरुष युगलमा सिल्कका रमेश शेर्पा र बिकास श्रेष्ठको जोडी तथा टेलिकमका हरि कृष्णन शर्मा र रत्नजित तामाङ्गबीच भएको खेलमा पहिलो गेम रत्न र हरिकृष्णनले २१–१७ ले जित्दै टिमलाई १–० को अग्रता दिलाए । दोश्रो गेम पनि २२–२० ले जित्दै २–० का साथ उपाधिमाथि आधिपत्य जमाए ।

कुमारी बैंकको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपका बिजयी टिमले १५ केजीको ८ लाख बराबरको चाँदीको चार सटल रहेको रनिङ्ग ट्रफीका साथ मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

विजेताले त्रिरत्न मानन्धर ट्रफी पाएका हुन् । ब्याडमिन्टनका नक्षत्र त्रिरत्न मानन्धर, नेपाल ओलम्पिक कमिटीका महासििचव निलेन्द्र राज श्रेष्ठ, कुमारी बैंकका मार्केटिङ्ग चिफ नविन मुनी बज्राचार्यले विजेतालाई ट्रफी प्रदान गरे ।

नेपाल ब्याडमिन्टन संघ, काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघको सहयोगमा भएको च्याम्पियनसिमको बिजयी टिम तथा खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठ लगायतले ट्रफी, मेडल, प्रमाण पत्रका साथै गिफ्ट ह्याम्पर प्रदान गरे ।

करिब ४९ लाख ४६ हजार लागत रहेको च्यामिपयनसिपमा खेलाडीहरुले दर्ता हुने वित्तिकै २० हजार प्राप्त गरे भने प्रत्येक खेलबापत थप २५ सय प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?