+
+

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १९:५३
माओवादी केन्द्रको स्थायी समिति बैठकको फाइल तस्वीर ।

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ ।

स्थायी कमिटीको शनिबार बसेको बैठकले काठमाडौंमा आइतबार शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण प्रस्ताव अघि सारेको छ ।

स्थायी समितिका एक सदस्य भन्छन्, ‘अरु दलहरुले महाधिवेशन गरिरहेका बेला राष्ट्रिय सम्मेलन गर्दा ओज पनि कम हुने भयो । ९ महिनापछि फेरि महाधिवेशन गर्नुपर्ने भएकाले अहिले नै किन नगर्ने भन्ने भयो ।’

उनका अनुसार तल्लो कमिटीहरुबाट सम्मेलन गरेर आएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्न लागिएको हो ।

आइतबार विहान ८ बजे बस्ने केन्द्रीय समितिको बैठकले यसबारे औपचारिक निर्णय गर्ने माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?