+
+
Shares

गुल्मी अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढे

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १४:२९

१३ पुस, गुल्मी । जिल्ला अदालत गुल्मीमा केही वर्षयता सम्बन्धविच्छेदका मुद्दा बढेका छन् ।

चालु आर्थिक वर्षको पाँच महिना अर्थात गत साउनदेखि मंसिरसम्म सम्बन्ध विच्छेदका मुद्दामात्र १३४ वटा परेको जिल्ला अदालतका तहसिलदार रामबहादुर कुँवरले बताए । जसमध्ये ८० मुद्दाको फैसला भइसकेको छ भने ५४ मुद्दाको फैसला हुन बाँकी छन् ।

आर्थिक वर्ष ०७७/०७८ मा सम्बन्ध विच्छेदका १८९ मुद्दा परेका थिए । तीमध्ये १५७ वटामा फैसला भएको छ । सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्नेमा २० वर्षदेखि ३० वर्षभित्रका युवायुवती धेरै रहेका तहसिलदार कुँवरले बताए ।

मुलुकी देवानी संहिता २०७४ ले सम्बन्ध विच्छेदका विषयमा केही सहज व्यवस्था गरेका कारण मुद्दा बढेको कुँवरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?