+
+

शाहिद कपूरको ‘जर्सी’को रिलिज अनिश्चितकालका लागि पोस्टपोन्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १८:०४

१३ पुस, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनका कारण भारतका मुख्य शहरमा रात्रिकालीन कर्फ्यु लगाइएपछि यसको असर चलचित्र प्रदर्शनमा पनि परेको छ । कोरोनाको नयाँ भेरियण्ट रोकथाम तथा नियन्त्रणका लागि राजधानी दिल्लीमा म‌गलबारबाट थप प्रतिबन्ध लागू गरिएको छ । जसअनुसार विद्यालय, सिनेमा हल, थिएटर लगायत भिडभाड हुने स्थल बन्द हुनेछन् ।

ओमिक्रोन भेरियण्ट फैलिँदै गएपछि डिसेम्बर ३१ लाई रिलिज मिति घोषणा गरेको बलिउड चलचित्र ‘जर्सी’ सो मितिमा प्रदर्शन नहुने भएको छ । निर्माणपक्षले शाहिद कपूर स्टारर चलचित्र ‘जर्सी’को रिलिज मिति अनिश्चितकालका लागि पछि सारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रणवीर सिंह र दीपिका पादुकोण अभिनित क्रिकेटमा आधारित चलचित्र ‘८३’ले पनि सोचेजस्तो व्यापार गर्न नसकेपछि ‘जर्सी’ टिम झस्किएको थियो । रिलिज मिति घोषणा गरेसँगै ‘जर्सी’को प्रचारप्रसार व्यापक बनाइएको थियो । चलचित्रका मुख्य कलाकार शाहिद कपूर र मृणाल ठाकुर केही सातादेखि लगातार प्रचारमा व्यस्त थिए ।

सोमबार मात्रै यशराज फिल्म्सले आफ्नो आगामी चलचित्र ‘पृथ्वीराज’को ट्रेलर लञ्च कार्यक्रम स्थगित गरेको थियो ।

चलचित्र ‘जर्सी’ एक क्रिकेट खेलाडीको काल्पनिक कथामा आधारित छ, जसमा उसको संघर्ष र सफलतालाई प्रस्तुत गरिएको छ । दक्षिण भारतीय चलचित्रको रिमेक ‘जर्सी’लाई गौतम तिन्ननुरीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?