+

विश्वकपको संघारमा जर्सी क्रेज (फोटो/भिडियो)

२०८३ जेठ  २७ गते १९:५६ २०८३ जेठ २७ गते १९:५६

विश्वकपको माहोलले नेपाल पनि तातेको छ ।

विश्वकपको संघारमा जर्सी क्रेज (फोटो/भिडियो)

२७ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुन एक दिन मात्र बाँकी छ ।

अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपका लागि विश्वभरका फुटबल समर्थक उत्साहित छन् । विश्वकप इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन् ।

विश्वकपको माहोलले नेपाल पनि तातेको छ । यहाँका जर्सी पसलमा पनि माहोल तातिएको छ । फुटबल समर्थकहरू आफ्नो मनपर्ने टोली र खेलाडीको जर्सी किन्न पसल-पसल पुगेका छन् ।

काठमाडौंको सुनधारा, न्युरोड क्षेत्र लगायतका जर्सी पसलेहरूलाई अहिले भ्याइनभ्याइ छ ।  भोलि (जुन ११) सुरु हुने विश्वकप जुलाई १९ मा फाइनल खेलसँगै सम्पन्न हुनेछ । खेलहरू अमेरिका, मेक्सिको र क्यानडाका १६ वटा रंगशालामा हुनेछन् ।

विश्वकपमा सहभागी टोलीहरू अहिले आयोजक राष्ट्रहरूमा पुगेर अभ्यास खेल खेलिरहेका छन् ।

  

जर्सी नेपाल फिफा फुटबल विश्वकप
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय