२७ जेठ, काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनका घाइते भएका फुटबलर पवन शाही राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य नियुक्त भएका छन् ।
फुटबलर शाहीसहित मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ र शक्तिप्रसाद गौचन राखेप सदस्य नियुक्त भएका हुन् ।
शाही गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाको समानुपातिक बन्द सूचीमा भए । उनी समानुपातिकको पुरुष खस आर्य क्लस्टरको १४औं नम्बरमा थिए ।
क्लस्टर मिलाउँदा उनी सांसद बन्न पाएनन् । राजनीतिक नियुक्ति खारेज गरेको रास्वपा सरकारले समानुपातिक बन्द सूचीमा परेका व्यक्तिलाई राखेप सदस्य नियुक्त गरेको हो ।
पवन शाही जेनजी आन्दोलनमा घाइते भएका थिए । ललितपुर सिटी एफसीका खेलाडी तथा ब्रिगेड ब्वाइज क्लब र एनआरटीका खेलाडी पनि हुन् ।
यसअघि पनि उनी अन्तरिम सरकारको पालमा राखेप सदस्य बन्न खोजेका थिए ।
प्रतिक्रिया 4