+

गोलकिपर विशाल राखेप उपाध्यक्ष नियुक्त

२०८३ जेठ  २७ गते २०:०७ २०८३ जेठ २७ गते २०:०७
गोलकिपर विशाल राखेप उपाध्यक्ष नियुक्त

२७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्व गोलकिपर विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष नियुक्त भएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषदको निर्णय अनुसार बुधबार श्रेष्ठलाई राखेपको उपाध्यक्ष नियुक्त गरेको राखेप सदस्य सचिव राम चरित्र मेहताले जानकारी दिए ।

श्रेष्ठले केहीबेर अघि खेलजीवनबाट सन्यास लिएको समेत घोषणा गरेका छन् ।

यस्तै राखेपमा चार नयाँ सदस्य समेत नियुक्त भएको छ । जसमा सिक्का सुवाल श्रेष्ठ, शक्ति गौचन, पवन शाही र मोनालिसा खम्बु छन् ।

राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय