+
+

तमु ल्होसारमा भोलि सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १८:११

१४ पुस, काठमाडौं । सरकारले भोलि पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । केहीबेर अघिको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

तर निर्णय हुनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक विदा हुने भनी गलत सूचना प्रवाह भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताए । उनले भने, ‘भर्खरैको मन्त्रिपरिषद बैठकले मात्रै यो निर्णय गरेको हो ।’

२०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो ।

हेर्नुस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?