
काठमाडौं । डिजिटल शैक्षिक संस्थाका लागि डिजि टेक्नोलोजी प्रालीले ‘स्कुल वर्क्स प्रो’ सञ्चालनमा ल्याएको छ ।
डिजिटल नेपालको महाअभियान चलिरहेको बेला स्कुल वर्क्स प्रो विद्यालय र कलेजलाई डिजिटल बनाउने एक उत्कृष्ट सफ्टवेयर बनेको डिजि टेक्नोलोजीका सीईओ प्रमोद पौडेल बताउँछन् ।
सफ्टवेयर मार्फत अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको शैक्षिक अवस्था, स्कुल फी, विद्यालयको एकेडेमिक क्यालेन्डर हेर्न सक्नेछन् जसले गर्दा विद्यार्थीको पढाइको स्तर बुझ्न परीक्षा नै कुर्नु पर्ने अवस्थाको अन्त्य हुने पौडेल बताउँछन् ।
शिक्षकले सफ्टवेयरमै गृहकार्य/असाइनमेन्ट दिने र सो को जाँच गर्ने, प्रत्येक विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने, पाठ्यक्रमहरू थप्ने, विभिन्न क्विज/पोल मार्फत विद्यार्थीको गतिविधि बढाउने गर्न सक्छन् । कक्षाको रुटिन, शैक्षिक स्रोत साधन व्यावस्थापन लगायत इ-लाइब्रेरी समेत सफ्टवेयरमै उपलब्ध छ ।
स्कुल तथा कलेजको ब्यवस्थापन पक्षले आर्थिक ब्यवस्थापन, शिक्षक तथा कर्मचारीको दैनिक कामको मूल्यांकन, रिजल्ट व्यवस्थापन लगायत सम्पूर्ण व्यवस्थापकीय काम सफ्टवेयर मार्फत नै नियन्त्रण गर्न सक्नेछन् ।
त्यस्तै विद्यार्थीहरूको शैक्षिक परिणाम मूल्यांकन गर्न, परीक्षा सञ्चालन गर्न, अभिभावक र शिक्षक तथा शैक्षिक संस्थाबिच सम्पर्क चुस्त राख्न सफ्टवेयर उपयोगी हुने विश्वास गरिएको छ ।
विद्यार्थीले सफ्टवेयरबाटै अरु विद्यार्थीको तुलनामा आफ्नो स्तर बुझ्न सक्छन् भने होमवर्क लिन र बुझाउन, बिदा तथा शैक्षिक क्रियाकलापको जानकारी सफ्टवेयरबाटै लिन सक्नेछन् ।
‘स्कुल वर्क्स प्रो को कार्यान्वयन पश्चात मानव संसाधन, प्रिन्ट, सञ्चार लगायतको खर्च घट्छ,’ पौडेल थप्छन्, ‘प्रविधिको सदुपयोगले सीमित कर्मचारीबाट पनि इफिसेन्सी बढाउन सकिन्छ ।’
शिक्षामा अन्तरक्रियात्मक व्यवस्थालाई प्राथमिकता दिँदै स्कुल वर्क्स प्रोले विद्यालय तथा कलेजहरूलाई शैक्षिक प्रणाली व्यवस्थापनको झन्झटिलो परम्परागत प्रक्रियालाई हटाएर एकीकृत प्रणालीमा व्यावस्थापन गर्न सहयोग पुर्याउने थापाको भनाइ छ ।
स्कुल वर्क्स प्रोको सुविधा वेवमा मात्र नभई मोबाइल एप मार्फत पनि लिन सकिने छ ।
प्रतिक्रिया 4