
१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ ।
महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १७४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको हो । शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भव भएसम्म सहमतिमा र नभए निर्वाचनमार्फत केन्द्रीय सदस्य र पदाधिकारी चयन गर्ने बताएका थिए ।
केन्द्रीय समिति सदस्यको नामम सहमति जुटाउन अपरान्ह ५ बजेसम्मको समय दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4