+
+

क्रिकेट विवादको असर : प्रशिक्षणमा बोलाएका सबै खेलाडी होटलमा पुगेनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १७ गते १९:५०

१७ पुस, काठमाडौं । नेपाली क्रिकेटमा पछिल्लो समय देखिएको विवादले राष्ट्रिय टिमको बन्द प्रशिक्षण पनि प्रभावित भएको छ ।

आगामी फेब्रुअरीमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि छनोट गरेका ३० खेलाडी शनिबारसम्म क्यानको सम्पर्कमा आउनुपर्ने भनिएको थियो ।

तर शनिबार साँझसम्म ११ जना खेलाडी मात्र होटलमा उपस्थित भएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए । केही खेलाडी आउने क्रममा रहेको उनले जानकारी दिए ।

क्यानले तात्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारवाही गर्दै २०२२ को सुरुवाती ६ महिना सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिर राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाएपछि विवाद चर्किएको हो ।

क्यानले यी चारसहित ३० खेलाडी बन्द प्रशिक्षणका लागि चयन भएका छन् । क्यानका क्रिकेट म्यानेजर विनोद दासले होटलमा कति खेलाडी आइपुगे भन्ने विषयमा शनिबार रातिसम्म थाहा हुने बताए ।

प्रशिक्षण आइतबारदेखि काठमाडौंमा

पछिल्लो समयको विवाद र मुख्य प्रशिक्षक पुबुदुको आगमनमा ढिलाईले गर्दा यसअघि नै सुरु गर्ने भनिएको बन्द प्रशिक्षण समयमा सुरु हुन सकेन ।

तर अब भने प्रशिक्षण काठमाडौंमै हुने क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए । उनका अनुसार आइतबारदेखि प्रशिक्षण सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?