+
+

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १२:२२

१८ पुस, जनकपुरधाम । सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ जंगलमा तीन जना सबार मोटरसाइकल दुर्घटना भएको हो ।

सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति आफै अनियन्त्रित भई सपेताको रुखमा ठोक्किएर बाटोभन्दा १० मिटर तल्ल लडेर दुर्घटना भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका १० दशबिगाहा बस्ने २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र २२ बर्षीय रोहन सिंहको मृत्यु भएको बुढाथोकीले बताए ।

तीनै जनाको घट्नास्थलमै मृत्यु भएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?