+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सप्तरीमा जनमत पार्टीका ६ कार्यकर्ता थप ७ दिन हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १३:२५

१८ पुस, सप्तरी । सप्तरीबाट पक्राउ परेको जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले थप ७ दिन हिरासतमा राख्ने भएको छ ।

पूर्वपश्चिम राजमार्ग अवरुद्ध पार्ने क्रममा शुक्रबार पक्राउ परेका १४ जनामध्ये ६ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर साह, कंचनरुप नगरपालिका समिति अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी– १ का अध्यक्ष सुरेन्द्र मण्डल तथा नेताहरु योगानन्द साह, महीनारायण साहलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

किसानलाई मलखाद माग गर्दै उनीहरुले गत शुक्रबार पूर्वपश्चिम राजमार्गस्थित भारदहमा सडक अवरुद्ध गर्ने क्रममा उनीहरु पक्राउ परेका छन् ।

किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद, बिऊ, सिँचाइको व्यवस्था गर्नुपर्ने, नसके सिँचाइ बिजुली निःशुल्क गर्नुपर्ने, स्वतः बालीनाली बीमाको सुनिश्चितता हुनुपर्नेसहितका ११ बुँदे माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा अनिश्चितकालीन राजमार्ग बन्दको घोषणा गरेको छ । यद्यपि प्रहरीले बलप्रयोग गरेर राजमार्ग खुलाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?